दफा १८
म्यादभन्दा बढी थुन्न वा कैद गर्न नहुने

(१) म्याद तोकिई थुनिए वा कैद परेका थुनुवा वा कैदीलाई सो म्याद पुगेपछि र प्रचलित नेपाल कानुन बमोजिम अधिकार प्राप्त केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०४८ द्वारा संशोधित ।अधिकारीबाट छोड्न आदेश भै आएका थुनुवा वा कैदीलाई सो आदेश बमोजिम चौबीस
घण्टा भित्र जेलरले थुना वा कैदबाट मुक्त गरी दिनुपर्छ ।

(२) पुर्पक्षलाई थुनिएको थुनुवाका सम्बन्धमा निज कारागार भित्र थुनिएको ६ महिनासम्ममा पनि कैद म्याद ठेकिएको रहेनछ वा निजलाई थुनाबाट मुक्त गर्ने आदेश आएको रहेनछ भने सो ६ महिना नाघेका तीन दिन भित्र जेलरले सो सम्बन्धित सबै कुरा खोली त्यस्तो थुनुवालाई थुन्न आदेश दिने अदालतको पुनरावेदन सुन्ने अदालतमा प्रतिवेदन गर्नुपर्छ ।

(३) कुनै थुनुवा वा कैदीलाई छाड्नु पर्ने गरी फैसला वा आदेश भएकोमा त्यसको सूचना अविलम्ब सम्बन्धित कारागारलाई पठाई दिनुपर्छ ।

(४) उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशले पुनरावेदन अदालतको प्रादेशिक अधिकार क्षेत्र भित्रको कारागारको वर्षमा कम्तिमा एक पटक निरीक्षण गर्नु पर्नेछ र त्यसरी निरीक्षण गर्दा कुनै व्यक्ति ठेकिएको कैद भन्दा बढी अवधि कैदमा रहेको वा प्रचलित कानुनले थुन्न पाउने भन्दा बढी अवधि थुनामा परेको देखेमा त्यस्तो कैदी वा थुनुवालाई तुरुन्त छाडी दिने आदेश दिन सक्नेछ र त्यस्तो आदेश भएकोमा त्यसको पालन गर्नु सम्बन्धित जेलरको कर्तव्य हुनेछ । पुनरावेदन अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशले कुनै कैदी वा थुनुवालाई तुरुन्त छाडी दिने आदेश दिएकोमा र कारागार निरीक्षण गर्दा यस ऐन बमोजिम नभएको वा नगरेको अन्य कुरा देखेमा सो कुरा समेत खुलाई सर्वोच्च अदालत र नेपाल सरकार , गृह मन्त्रालयमा प्रतिवेदन पठाउनु पर्नेछ ।

(५) कुनै कर्मचारीको हेलचक्र्याईबाट कुनै थुनुवा वा कैदी प्रचलित कानुनबमोजिम भन्दा बढी समयसम्म थुना वा कैदमा रहेको देखिएमा वा यस ऐन बमोजिम नभएको वा नगरेको अन्य कुनै कुरा देखिएमा त्यस्तो कर्मचारी उपर विभागीय कारवाही भई सजाय हुनेछ ।